मुख्य गरी दोलखा र सिन्धुपाल्चोक जिल्लामा बसोबास रहेको थामी जातिले यस पटकको राष्ट्रिय जनगणनामा धर्ममा किरात लेख्ने भएका छन् ।

नेपाल थामी समाजका अध्यक्ष सुकवीर थामीले थामीहरु किराती नै भएकाे हुनाले जनगणनामा धर्ममा किरात लेख्ने तथा लेखाउने तयारी भइरहेको बताए ।

थामी समाजले जातिमा थामी, मातृभाषामा थामी, पुर्खाको भाषामा थामी र धर्ममा किरात लेख्न लेखाउनका लागि थामी बसोबास क्षेत्रमा अभियान सुरु गरेको छ ।

प्रकृतिपुजक थामीहरुले पहिलो पटक धर्मको महलमा किरात लेख्ने तयारी गरेका हुन् । उनीहरुले २०६८ वा सोअघिको जनगणनामा हिन्दु लेख्ने गरेको थिए ।

२०६८ सालको जनगणनामा थामी जातिको संख्या २८ हजार ६७१ देखिएको छ ।