नेवाः देय दबुको अध्यक्षमा पवित्र बज्रचार्य निर्वाचित

नेवाः देय दबुको सातौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पवित्र बज्रचार्य निर्वाचित भएका छन् ।

प्रदेश १ को धरानमा भएको दबुको महाधिवेशनमा अध्यक्षका लागि दुई उम्मेदवारको बिचमा मतदान भएकोमा ३१३ मत ल्याएर बज्रचार्य निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी माइलाबाबु द्योलाले ७३ मत मात्रै ल्याए ।

नेपालभाषा टाइम्सका अनुसार दबुको वरिष्ठ उपाध्यक्षमा २३५ मत ल्याएर चन्द्रमान राजभन्डारी निर्वाचित भएका छन् ।
उनका प्रतिद्वन्द्वी शंकरलाल श्रेष्ठले १३६ मत ल्याए ।

नवनिर्वाचित अध्यक्ष बज्रचार्य जनता समाजवादी पार्टी निकट हुन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img