अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङमा कार्यरत एक प्रहरी नायब निरीक्षक (सई)लाई ३८ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
गण्डकी प्रदेश, विपद व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोलाई आयोगको पोखराबाट खटिएको टोलीले हिजाे घुससहित पक्राउ गरेको हो ।
उनले लेनदेनको विवाद मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग ३८ हजार घुस मागेको खुलेको छ ।
घुस लिएको रकमसहित महतोलाई बागलुङस्थित विपद् व्यवस्थापन गुल्म नजिकैबाट पक्राउ गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
महतोमाथि थप अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।



