खोटाङमा ज्वाला राईलाई जिताउन अभियान समिति गठन

खोटाङमा ‘भ्वाइस अफ नेपाल–३’ का प्रतिस्पर्धी ज्वाला राईलाई जिताउन अभियान समिति गठन गरिएको छ ।

आज एलबी मगरको संयोजकत्वमा ‘ज्वाला राई जिताऔं अभियान समिति’ गठन गरिएको हो ।

छिमेकी जिल्ला भोजपुर घर भएका ज्वाला राई एक प्रतिभाशाली व्यक्ति भएकोले उनलाई भोट गरेर जिताउन समितिले अपिल गरेको छ ।

समितिले एक प्रेस विज्ञप्ति जारी गरी मोबाइलको म्यासेज बक्समा गई ०६ लेखेर ३७००० मा पठाउन या प्रभुपे एप डाउनलोड गरी सो एपबाट ज्वाला राईलाई भोट गर्न अपिल गरेको हो ।

भ्वाइस अफ नेपालको फिनाले आगामी शनिबार हुँदैछ ।

यस प्रतियोगिताको फिनालेमा ज्वाला राईसहित तारा श्रीस मगर, आर्यन तामाङ र किरण जगमेरले प्रतिस्पर्धा गर्दैछन् ।

हाल चारै जना प्रतियोगीहरुको समर्थकहरुले भोट अभियान चलाइरहेका छन् ।

जसले बढी भोट प्राप्त गर्छ उसैले उपाधि प्राप्त गर्ने भएकाले सकेसम्म चारैजनाका समर्थहरुले अधिक भोट जुटाउने कसरत गरिरहेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्