ज्वाला राईका लागि यसरी भोट मागिन् कोच तृष्णाले

‘दि भ्वाइस अफ नेपाल–३’ की कोच तृष्णा गुरुङले ज्वाला राईका लागि भोट मागेकी छन् ।

ज्वाला राई तृष्णा गुरुङको टीमबाट भ्वाइस अफ नेपालको फाइनलमा पुगेका हुन् ।

गुरुङले हिजो सामाजिक सञ्जाल फेसबुकमा ज्वाला राईको तस्बिर सेयर गर्दै भोटका लागि हात फैलाएकी हुन् ।

‘जीवनमा मैले कमै मात्र आफ्ना लागि मागे होला । तर आज यो हात तपाईसामू मेरा योद्धा ज्वाला राईको लागि फैलाउँदैछु,’ उनले भनिन्, ‘मेरो टीमबाट भ्वाइस अफ नेपालको फाइनलमा पुग्न सफल ज्वाला राईलाई अब विजयी बनाउनु छ । अब तपाईले ज्वालालाई पटक पटक सम्झिरहनु पर्दैन । तर भोट गर्ने बेला भने नबिर्सिए पुग्छ ।’

उनले अन्तमा भनेकी छन्, ‘अब मलाई धेरै बोलेर जित्ने मन छैन, जितेर बोल्ने मन छ ।’

भ्वाइस अफ नेपालको फाइनल प्रतिस्पर्धा आगामी शनिबार हुँदैछ । फाइनलमा ज्वाला राईसहित तारा श्रीस मगर, आर्यन तामाङ र किरण गजमेर छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्