‘उपाधि जित्न सकिनँ, तर आगामी दिनमा राम्रा गीतहरु ल्याएर तपाईंहरुलाई खुसी पार्नेछु’

द भ्वाइस अफ नेपाल–३ को उत्कृष्ट ४ मा पर्न सफल भएका ज्वाला राईले आफूले उपाधि जित्न नसके पनि दर्शक, शुभचिन्तक, आफन्त र साथीभाइहरुलाई आगामी दिनमा राम्रा राम्रा गीतहरु ल्याएर खुसी पार्ने बताएका छन् ।

भोजपुर घर भएका उनले प्रतियोगिताको उत्कृष्ट चारसम्म पुर्याउन आफूलाई सहयोग गर्नेहरु सबैलाई धन्यवाद र आभार समेत प्रकट गरेका छन् ।

हिजो शनिबार भएको प्रतियोगिताको फिनालेबाट बढी भोट ल्याएको आधारमा किरण गजमेरले उपाधि पाएका थिए ।

प्रतियोगिताका अन्तिम चार प्रतिस्पर्धीहरुलाई उनीहरुका समर्थकहरुले भोटिङ अभियान चलाएका थिए ।

ज्वाला राईले आज फेसबुकबाट द भ्वाइस अफ नेपालकी काेच तृष्णा गुरुङका साथै आफ्ना समर्थक, शुभचिन्तक, आफन्त तथा सहयोगीहरुलाई हार्दिक धन्यवाद दिएका हुन् ।

‘हजुरहरुको भावनात्मक र आर्थिक साथ सहयोग बिना म यो स्थानसम्म आइपुग्नु असम्भव थियो । आज म जुन स्थानमा छु, सबै हजुरहरुकै कारणले हो,’ उनले भनेका छन्, ‘यदपि, तत्काललाई भ्वाइसको उपाधि जित्न सकिनँ हुँला वा हजुरहरुको मप्रतिको आशा पूरा गर्न सकिनँ हुँला तर म आगामी दिनमा हजुरहरुलाई राम्रा राम्रा गीत संगीतको खुराक पस्किएर कहिल्यै निराश बनाउने छैन ।’

उनले आफूसँग भ्वाइसको ट्रफी मात्र नभएको तर दर्शक र शुभचिन्तकहरुकाे मायाको ट्रफी पाएको बताएका छन् ।

‘मायाको ट्रफी मेरा लागि करोडौ गुणा मूल्यवान छ, त्यसैले म अत्यन्तै खुसी छु, गौरव पनि गर्छु हजुरहरुको मप्रतिको माया, साथ, सहयोग र सद्भावप्रति,’ उनले भनेका छन्, ‘यसका लागि हजुरहरुप्रति हार्दिक नमन गर्दै आगामी दिनहरुमा पनि यस्तै माया, साथ, सपोर्ट र आशिर्वादको अपेक्षा गर्दछु, ताकि म अझै आफ्नाे सांगीतिक जीवनलाई सफल र फराकिलो बनाउन सकूँ ।’

प्रतियोगिताको फिनालेमा किरण गजमेर, ज्वाला राई, तारा श्रीस मगर र आर्यन तामाङ पुगेका थिए ।

स्टेजमा आफ्नो आमाबाउलाई गीत गाएर नचाउँदै ज्वाला राई

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्