जातिमा राई, धर्ममा किरात लेखाउन गायक राजेश पायलको आग्रह

लोकप्रिय गायक राजेश पायल राईले कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणना २०७८ मा जातिको महलमा राई लेख्न तथा लेखाउन किरात राई समुदायमा आग्रह गरेका छन् ।

राष्ट्रिय जनगणना सम्बन्धी किरात राई यायोक्खाले निर्माण गरेको छोटो भिडियो सन्देशमा उनले आफू राई जातिको व्यक्ति भएकोले जनगणनामा जातजातिको महलमा राई लेखाउने बताए ।

उनकाे आग्रह छ, ‘मैले जातजातिको महलमा म राई लेख्छु र तपाईहरुलाई राई लेख्न र लेखाउन आग्रह गर्दछु ।’

उनले मातृभाषा र पुर्खाको भाषामा आफू चाम्लिङ भएकोले चाम्लिङ भाषा लेखाउने बताए । धर्ममा किरात लेख्न उनको आग्रह छ ।

राष्ट्रिय जनगणनाका बेला राई समुदायका केही विभाजनकारी मानसिकता बोकेका व्यक्तिहरुले जातिमा कसैले किराती, कसैले खालिङ, कुलुङ, थुलुङ, पुमा, याम्फु आदि अनेक थर र पाछा लेखाउन आग्रह गर्दै समुदायमा अन्यौल पैदा गरिरहेको बेला राई इज किङको उपनामले चिनिने गायक राजेश पायलले जातिको महलमा राई नै लेखाउन आग्रह गरेका हुन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्