युट्युबमा अन्तर्वार्ता दिएर अनुसन्धान प्रभावित पार्न खोजेपछि पल शाहका म्यानेजर पनि पक्राउ

बलात्कारको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहका म्यानेजर कृष्णप्रसाद जोशी पनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँले आज तनहुँबाट जोशीलाई पक्राउ गरेको हो ।

जोशीले विभिन्न युट्युबमा अन्तर्वार्ता दिएर पल शाहकाे अनुसन्धान प्रभावित पार्न खोजेको र अभियुक्तको मतियार बनेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जोशीलाई आजै ७ दिन थुनामा राख्ने अनुमति लिएर प्रहरीले अनुसन्धान थालेको छ । अभिनेता शाहमाथि एक जना गायिकालाई पटक पटक बलात्कार गरेको आरोप लागेको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img