नाबालिग बलात्कारकाे अभियाेगमा हिरासतमा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
बिहीबार थुनछेक बहस सकिएपछि न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
बलात्कार आरोपको मतियार बनेका पल शाहका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटीमा छोड्न आदेश दिइएको छ ।