‘खुवालुङ’बारे बनाइयाे गीति भिडियो

किरातीहरुको मुन्दुमी प्रतिक ‘खुवालुङ’लाई केन्द्रित गरी किरात राई सांस्कृतिक कलाकार संघले एउटा गीति भिडियो निर्माण गरेको छ ।

उक्त भिडियो किरात राई कलाकार नामक युट्युब च्यानलबाट हालै सार्वजनिक गरिएको छ । जसमा किरात राई यायोक्खासँग आबद्ध रहेका सयौ व्यक्तिहरुले पनि अभिनय गरेका छन् ।

गीतमा जीतेन राई, पार्वती राई, राजुएन राई, रामकर राई, सुशीला राई, राई नविन, सुरज मेवाहाङ राई, पदम थुलुङ राई लगायत गायक गायिकाहरुको आवाज रहेको छ ।

खुवालुङ सप्तकोशीको पानीको बिच भागमा पर्दछ । खुवालुङ एउटा कडा ढुंगो हो तर किरातीहरुले त्यसलाई आफ्नाे सांस्कृतिक आस्थाको प्रतिक मान्छन् ।

नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले खुवालुङ फुटाएर सप्तकोशीमा सहज तरिकाले जेटबोट चलाउने बताएपछि पहिचानपक्षधर सांस्कृतिक अधिकारकर्मीहरुले सोको कडा विरोध गरेका थिए । जसले गर्दा यसको चर्चा चुलिएको थियो ।

खुवालुङ संरक्षणको पक्षमा आन्दोलन र विभिन्न अभियान पनि भएका थिए । यही क्रममा हाल किरात राई सांस्कृतिक कलाकार संघले गीति भिडियो निर्माण गरेका हुन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्