समितिका पदाधिकारीहरुलाई प्रतिवेदन बुझाउँदै कार्यदलका संयोजक डा. तारामणि राई ।

नेपालका तीन दर्जन किराती भाषाहरुलाई समेटेर लेखन प्रणाली विस्तार गर्ने गरी ‘किरात सिरिजङ्गा लिपि’ निर्माण गरिएको छ ।

भाषाविद् तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. तारामणि राईको नेतृत्व गठन गरिएको कार्यदलले किरात सिरिजङ्गा लिपिबारे अध्ययन तथा अनुसन्धान गरी ९४ पेजको प्रतिवेदन किरात समन्वय समितिलाई बुझाएको छ ।

समितिले किराती भाषाहरुलाई समेट्ने गरी साझा लिपि तयार पार्न गत २७ सेप्टेम्बरमा कार्यदल गठन गरेको थियो ।

जसमा प्राज्ञ अमर तुम्याङ, डा. लाल श्याकारेलु रापचा, डा. गणेश जिमी, गणेश राई, डीबी आङ्बुङ, इन्दिरा जिमी, उत्तम सुनुवार र तिर्थराज मुकारुङ सदस्य थिए ।

जसमा ४८ वटा व्यंजन वर्ण र १२ वटा स्वर वर्ण राखिएको छ ।

कार्यदलले हिजो समितिका अध्यक्ष तथा सुनुवार सेवा समाजको अध्यक्ष रणवीर सुनुवार लगायतका प्रतिनिधिहरुलाई प्रतिवेदन बुझाएको हो ।

जसमा ४८ वटा व्यंजन वर्ण र १२ वटा स्वर वर्ण राखिएको छ ।

समितिका सदस्य तथा किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले केही सुझावहरुसहित कार्यदलले दिएको प्रतिवेदन अनुमोदन गरिएको बताए ।

साल्पा अनलाइनसँग उनले भने, ‘हिजो प्रतिवेदन ग्रहण गर्यौ र स्वामित्व लिइसक्यौं ।’

कार्यदलले बुझाएको प्रतिवेदन आगामी १५ जनवरी (माघ १ गते) काठमाडौंको कोटेश्वरस्थित यायोक्खा कार्यालय परिसरमा किरात यले संवत् ५०८२ को अवसरमा कार्यक्रम गरी सार्वजनिक गरिने उनले बताए ।