प्रदेश १ को नाम ‘लिम्बुवान, किरात प्रदेश’ राख्न माग गर्दै आन्दोलनको घोषणा गरिएको छ ।
लिम्बुवान किरात संयुक्त संघर्ष समितिले हिजो इटहरीमा पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
जसमा असार २७ गते मुख्यमन्त्रीको कार्यालय, संसदीय दलका नेता, पार्टी प्रमुख र प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाउने,
असार २८, २९ र ३० गते किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समितिको समन्वयमा जिल्लास्तरीय समिति गठन गर्ने,
आगामी असार ३२ गते प्रदेश १ को सबै जिल्लामा कोणसभा गर्ने,
र आगामी साउन ५ गते प्रदेश १ को राजधानी विराटनगरमा बृहत जनप्रदर्शन गर्ने उल्लेख छ ।
पत्रकार सम्मेलनमा समितिले एक प्रेस विज्ञप्ति पनि सार्वजनिक गरेका छन् ।
जसमा नेकपा माओवादी, जसपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किरात याक्खा छुम्मा, धिमाल जाति विकास केन्द्र लगायत ३१ वटा संगठन रहेको दाबी गरिएको छ ।
तर विज्ञप्तिमा भने पाँच जनाले मात्रै हस्ताक्षर गरेका छन् ।



