यसकारण किरात प्रदेश हुनुपर्छ

१ नं प्रदेश किरात नै किन ?

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दै गर्दा किरातहरुलाई हराउन सकेनन्, त्यसकारण सन्धि भयो ।
सन्धिमा किरातलाई ‘तिमीहरु मेरो मातहत भयौं तर यो जग्गा (किपट) चाहिँ तिमीहरुकै भयो’ भनियो ।

पछि विसं २०२१ सालमा आएको भूमि सुधार ‍ऐनले किपट, विर्ता, जागिर उन्मूलन गरेर देशैभरको जग्गालाई रैकर घोषणा गरिदियो । अनि सबै जग्गा निजीकृत भयो र मालपोत तिर्नुपर्ने भयो त्यसपछि किपट हरायो ।

इतिहासलाई अध्ययन गर्दा पनि किरात कुनै जाति विशेषको नभई युग र सभ्यता हो भन्ने बुझिन्छ । किरात शब्द किरायतबाट आएकोले यसको अर्थ किल्ला वा शहर भन्ने पनि बुझाउँछ ।

नेपालमा सबैभन्दा पहिले व्यवस्थित शासन कायम गर्ने किरात शासनकाल थियो । यस युग र सभ्यतामा कृषि युगको विकास, नारी र पुरुष बराबर हुन् भन्ने धारणाको प्रारम्भ, राष्ट्रिय सभ्यताको विकास, अरु वंश भन्दा लामो शासनकाल आदिको विकास भएको पाइन्छ ।

वेद व्यासले लेखेको संसारको सबैभन्दा पहिलो वैदिक सनातन धर्म वेदमा नै किरात शब्दको प्रयोग हुनुबाट किरातहरुको उपस्थिति वेदको रचना हुनुभन्दा पहिलेदेखि नै नेपालमा भएको पुष्टि हुन्छ ।

यसरी हेर्दा किरात शब्दको अर्थ जातजाति नभएर भूगोल हो ।

संघीय नेपालका सात वटा प्रदेशमध्ये छ वटा प्रदेशको नामाकरण भइसकेको अवस्था छ । र जननिर्वाचित प्रदेश सभा सदस्यको पहिलो कार्यकालको अन्तिम घडीमा प्रदेश सभा पुगिसकेको अवस्थामा यस १ नं प्रदेशले किरात प्रदेश नामाकरण पाओस्, शुभकामना ।

गणेश कार्कीकाे फेसबुकबाट ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. यस कुरामा सहमति छ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्