प्रदेश १ को नाम ‘लिम्बुवान किरात’ राख्न माग गर्दै विराटनगरमा बृहत जनप्रदर्शन गरिएको छ ।
लिम्बुवान किरात संयुक्त संघर्ष समितिको आयोजनामा आज मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरिएको हो ।
विभिन्न पहिचान पक्षधर राजनीतिक दल तथा जातीय संस्था गरी ३२ वटा संगठन आबद्ध भएको समितिले लिम्बुवान किरात प्रदेश नामकरणका लागि आन्दोलन गरिरहेको छ ।
समितिले मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र पनि बुझाएको छ ।
खासगरी लिम्बुवान क्षेत्रबाट सहभागी भएका प्रदर्शनकारीहरुले व्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।





