मुकुम्लुङ अतिक्रमण रोक्ने पहल गर्न लिम्बू सांसदहरुलाई चुम्लुङको अनुरोध

प्रदेश १ लाई ‘लिम्बुवान, किरात’ प्रदेश नामकरण गर्नुपर्ने

ललितपुर । किरात याक्थुङ चुम्लुङले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट प्रतिनिधिसभामा निर्वाचित लिम्बू समुदायका सांसदहरुलाई बधाई तथा शुभकामना दिँदै मुकुम्लुङ (पाथीभरा) अतिक्रमण रोक्ने पहल गर्न अनुरोध गरेको छ ।

चुम्लुङले शुक्रबार ललितपुरस्थित केन्द्रीय कार्यालयमा नवनिर्वाचित लिम्बू सांसदहरुलाई बधाई तथा शुभकामना दिँदै आफूहरुले उठाउँदै आएका एजेन्डाहरुलाई ११ बुँदामा उल्लेख गर्दै सो अनुरोध गरेको हो ।

हालै मुकुम्लुङ क्षेत्रमा दश हजारभन्दा बढी रुख कटान गरी मुकुम्लुङसम्म पुग्ने केवलकार निर्माण गर्ने योजना अघि बढिरहेकाेमा त्यसलाई रोक्ने पहल गर्न माग गरिएको हाे ।

रुख कटानले मुकुम्लुङको पवित्राता, मुन्धुमी बोट-विरुवा र प्रकृतिकाे नाश हुने भएकोले सो कार्य रोक्नुपर्ने चुम्लुङको माग छ ।

यसैगरी प्रदेश नं १ सरकारले यसअघि नै लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउने गरी कानुनको मस्यौदा तयार पारेकाेमा त्यसलाई अबिलम्ब पास गरी कार्यान्वयनमा ल्याउन,

सामुदायिक विद्यालयहरुमा लिम्बू भाषा पठनपाठनका लागि शिक्षक दरबन्दी कायम गर्न, सरकारी कार्यालयहरुको बोर्डमा किरात सिरिजङ्गा लिपि लेखाउने पहल गर्न, प्रदेश १ लाई ‘लिम्बुवान, किरात’ प्रदेश नामकरणमा पहल गर्न लगायत माग गरिएको छ ।

प्रतिनिधिसभामा लिम्बू समुदायका सात जना सांसदहरु छन् ।

बधाई तथा शुभकामना कार्यक्रममा एमालेका सुवास नेम्वाङ, बसन्त नेम्वाङ, राप्रपाका राजेन्द्र लिङ्देन लगायत सांसदहरुको उपस्थिति थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्