मुकुम्लुङ क्षेत्रमा केबलकार बन्नै नदिने लिम्बू अगुवाहरुको घोषणा

केबलकारविरुद्ध संघर्ष समिति गठन

ताप्लेजुङ । ताप्लेजुङस्थित मुकुम्लुङ (पाथीभरा) क्षेत्रमा कुनै पनि हालतमा केबलकार बन्न नदिने लिम्बू समुदायका अगुवाहरुले घोषणा गरेका छन् ।

सरकारले मुकुम्लुङ अतिक्रमण गर्दै साे क्षेत्रमा नाफा कमाउने निजी कम्पनीलाई केबलकार बनाउने तयारी गरेकाे भन्दै सो कार्यविरुद्ध खगेन्द्र फेम्बूको संयोजकत्वमा एक हजार आठ सदस्यीय ‘केबलकार निर्माण खारेजी संघर्ष समिति’ समेत गठन गरिएको छ ।

मुकुम्लुङ संयुक्त संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा सहित्य उत्थान संघ र लिम्बू थरगत संस्था सहजीकरण समूह (याक्थुङ सयङ) को संयुक्त बैठकबाट केबलकार निर्माणविरुद्ध संघर्ष समिति गठन गरिएको हो ।

लिम्बू (याक्थुङ) जातिको आध्यात्मिक आस्थाको केन्द्रको रुपमा रहेको मुकुम्लुङको नाम परिवर्तन गरी ‘पाथीभरा’ भन्न थालिएको र त्यसलाई हिन्दूहरुकाे प्रसिद्ध धार्मिक स्थलको रुपमा विकास गरी राज्य नै अतिक्रमणमा अग्रसर भएको लिम्बू अगुवाहरुको भनाइ छ ।

संघर्ष समितिले मंगलबार एक विज्ञप्ति जारी गरी मुकुम्लुङ अतिक्रमण गरी केबलकार निर्माणमा राज्य नै अग्रसर भएको भन्दै सो कार्य अघि बढाउन कदापि नदिने जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विकास र पर्यटन प्रवद्र्धनको नाममा हाम्रो आध्यात्मिक आस्थामाथि कुल्चेर एउटा नाफाखोर कम्पनीलाई केबलकार निर्माण गर्न हामी कदापि दिने पक्षमा छैनौं ।’

प्रेस विज्ञप्तिः

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्