सभ्यता र इतिहासको आधारमा किरात प्रदेश हुनुपर्छः मेयर साम्पाङ

धरान । देश बनाउनका लागि श्रम संस्कृतिको विकास गर्ने जनप्रतिनिधिको रुपमा चर्चा कमाएका धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ (हर्कराज राई) ले प्रदेश नं १ लाई किरात प्रदेश नाम राख्नुपर्ने बताएका छन् ।

कोशी प्रदेश नाम खारेज गरी पहिचानको आधारमा नामकरण गर्न माग गर्दै पहिचान पक्षधरहरुको आन्दोलन जारी रहेको बेला प्रमुख साम्पाङले केही समयअघि फेसबुक लाइभमा आएर आफ्नाे विचार प्रस्तुत गर्दै किरात प्रदेश नाम राख्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘प्रदेश नं १ को नामकरण गर्दा कुनै नदीको नाम, हिमालको नाम, वन–जंगलको नाम भन्दा पनि एउटा सभ्यताको नाम, एउटा इतिहासको नाम, एउटा शासनकालको नाम, यो देशको एउटा इतिहासको कालखण्डको नाम किरात भन्ने नै राख्नुपर्छ र प्रदेश नं १ को नाम किरात प्रदेश नै हुनुपर्छ भन्ने मलाई लाग्दछ ।’

किरात नेपालको एक प्राचीन सभ्यता र इतिहास भएकोले प्रदेशको नाम किरात राख्दा जातीय प्रतित नहुने उनको तर्क छ ।

‘जस्तै यहाँ खम्बुवान राख्नुपर्छ, लिम्बुवान राख्नुपर्छ भन्ने कुराहरु पनि छ,’ उनले थपे, ‘तर, किरात भन्ने कुराचाहिँ कुनै जातिको नाम होइन । किरात प्रदेश राख्दाखेरि कुनै जाति विशेषको अथवा एउटा समुदाय विशेषको बन्न जान्छ, जातीय नाम प्रतित हुन्छ भनेर हामीले भन्न मिल्दैन ।’

उनले काेशी प्रदेशकाे सट्टा किरात प्रदेश नाम हुनुपर्छ भन्ने आफ्नाे निजी विचार मात्र रहेको पनि प्रष्ट पारेका छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img