काठमाडाैं । सरकारले संघीय शिक्षा ऐन संसदमा पेस गर्ने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन संसदमा पेस गर्न स्वीकृति दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
नयाँ संविधान निर्माणपछि हालसम्म पनि २०२८ सालमा बनेको पञ्चायतकालिन शिक्षा ऐन नै प्रयोग गरिँदै आएको छ ।
विभिन्न पार्टीबाट पटक पटक शिक्षामन्त्रीहरु बने पनि शिक्षा ऐनकाे खाली मस्यौदा बनाउने तर काम अगाडि नबढाउने अवस्था थियाे ।
जनता समाजवादी पार्टीबाट अशोक राईले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उनले संघीय शिक्षा ऐन अगाडि बढाउने काम आफ्नाे प्राथमिकतामा रहेको बताएका थिए ।
मन्त्री राईले गत साउन ४ गते नै ऐनको मस्यौदा तयार पारी संसदमा पेस गर्न स्वीकृति दिनका लागि मन्त्रिपरिषद्मा दर्ता गराएका थिए ।
हाल, उक्त ऐनको मस्यौदा मन्त्रिपरिषद्बाट संसदमा पेस गर्न स्वीकृत गरिएकाे छ ।