कोशीमा एक वर्षमा चौथो पटक मुख्यमन्त्री नियुक्तिको तयारी

प्रदेश प्रमुख पर्शुराम खापुङले कोशी प्रदेश सभामा ठुलो दलको हैसियतमा रहेको नेकपा (एमाले) संसदीय दलका नेतालाई आज मुख्यमन्त्री पदमा नियुक्त गर्ने तयारी थालेका छन् ।

गत मंसिरमा सम्पन्न आमनिर्वाचनपछि कोशी प्रदेशमा चौंथो पटक मुख्यमन्त्री नियुक्त गर्ने तयारी भएको हो ।

सर्वोच्च अदालतबाट बिहीबार भएको परमादेशको औपचारिक जानकारी केहीबेर अगाडि कार्यालयमा प्राप्त भएपछि आजै सरकार गठनका लागि आह्वान गर्ने तयारी प्रदेश प्रमुखको कार्यालयले गरेको हो ।

कार्यालय स्रोतका अनुसार नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई आजै मुख्यमन्त्री नियुक्त गरिने छ भने साँझ ६ बजेसम्म शपथ गर्ने गरी तयारी भइरहेको छ ।

यद्यपि, दलका नेता कार्कीले भने केही मन्त्रीको साथमा शपथ लिने तयारी गर्नुभएकोले ढिलाइ हुनसक्ने अनुमान गरिएको छ ।

नेता कार्कीले आज नेकपा (एमाले)का सांसद एकराज कार्की र तीलकुमार मेन्याङ्बोलाई मन्त्री नियुक्त गरी शपथ गराउने तयारी गरिरहेका छन् ।

नेता कार्कीले मेन्याङ्बोलाई तुरुन्त आउन खबर पठाएपछि उनी ताप्लेजुङबाट साँझसम्म आइपुग्ने गरी हिँडेका छन् ।

बिहीबार सर्वोच्च अदातलले कोशी प्रदेश सभाको सबैभन्दा ठुलो दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

कोशी प्रदेशसभामा नेकपा (एमाले)का ४० सांसद छन् । सरकार गठन गर्न आवश्यक ४७ जना सांसद नहुँदा कोशी प्रदेशमा गठबन्धन बनाएरै सरकारलाई स्थायित्व दिनुपर्ने अवस्था छ । गाेरखापत्र अनलाइन

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img