अविलम्ब उपचार सेवामा फर्कन धरानका डाक्टरहरुलाई शिक्षामन्त्रीको अनुरोध

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सकहरुसँग आफ्ना जेजस्ता माग र संघर्ष भए पनि जनताको उपचार पाउने अधिकारलाई सर्वोपरी राख्न अविलम्ब उपचार सेवामा फर्कन अनुरोध गरेका छन् ।

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष समेत रहेका मन्त्री राईले शुक्रबार आन्दोलनत चिकित्सकहरुसँग छलफल गर्दै उक्त अनुरोध गरेका हुन् ।

सो क्रममा उनले आफ्नाे अधिकार माग्दा अरुको अधिकार हनन् नहोस् भन्ने कुरामा सबै प्रतिबद्ध हुन जरुरी रहेको पनि बताए ।

प्रतिष्ठानमा विगत सात वर्षदेखि बढुवा प्रक्रिया सुरु नगरिएकाे भन्दै १७७ जना चिकित्सकहरुले सामूहिक रुपमा राजीनामा दिएर गत हप्तादेखि आन्दोलन सुरु गरेका थिए ।

जसका कारण सर्वसाधारणको उपचार सेवाका साथै चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरुको पठन-पाठन र परीक्षा सञ्चालन प्रभावित भएको छ ।

आन्दोलन सुरु गर्नुअघि उनीहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ज्ञापन-पत्र बुझाएका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्