अर्जुन येक्तेनकाे नेतृत्वमा ‘पहिचानको लागि युवा इलाम’ गठन

कोशी प्रदेश नाम खारेजीको आन्दोलन अन्तर्गत शनिबार अर्जुन येक्तेन लिम्बुकाे संयोजकत्वमा पहिचानको लागि युवा इलाम जिल्ला समिति गठन गरिएको छ ।

सहिद पदम लिम्बु (लाजेहाङ)को प्रथम वार्षिक स्मृति दिवसको अवसरमा इलाममा आयोजित कार्यक्रममा येक्तेनको संयोजकत्वमा ५०१ सदस्यीय समिति गठन गरिएको हो ।

कार्यक्रममा पहिचानवादीहरुका साझा उम्मेदवार डकेन्द्रसिंह थेगिम प्रमुख अतिथि थिए ।

प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिको तर्फबाट थेगिमले इलाम-२ को उपनिर्वाचन लड्दै छन् ।

कार्यक्रममा संघर्ष समितिका संयोजक प्रेम येक्तेन, पहिचानका लागि युवाका केन्द्रीय संयोजक भीम राई, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, कृष्ण चोङबाङ, कमल तिगेला लगायतकाे उपस्थिति थियो भने गायिका सुनिता थेगिमले सांगीतिक प्रस्तुति दिएकी थिइन् ।

पहिचानकाे लागि युवा इलामले उपनिर्वाचनमा साझा उम्मेदवार थेगिमलाई विजय गराउने भूमिका पनि निर्वाह गर्नेछ ।

प्रदेश नं १ को नाम कोशी राखेपछि नै संघर्ष समितिले विराटनगरकेन्द्रित आन्दोलन थालेको थियो ।

२०७९ चैत ५ गते विराटनगरमा गरिएकाे आन्दोलनमा प्रहरीको लाठीचार्जबाट टाउकोमा गम्भीर चोट लागेर घाइते भएका लाजेहाङकाे चैत १० गते उपचारकाे क्रममा निधन भएको थियो ।

सहिद लाजेहाङको प्रथम स्मृतिसभा शनिबार विभिन्न स्थानमा गरिएको थियो भने साझ दीप प्रज्वलन गरियाे ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img