इलाम-२ काे उपनिर्वाचनमा आफ्नाे जित सुनिश्चित भएकाे नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले दाबी गरेका छन् ।

हिजाे उम्मेदवारी दर्ता गराएपछि उनले आफ्नाे जित सुनिश्चित भएकाे बताएका हुन् ।

उम्मेदवारी दर्ता गराउनका लागि पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे, काेशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले नेता हिक्मत कार्की, एमाले केन्द्रीय सदस्य रामबहादुर राना, जिल्ला अध्यक्ष तथा सांसद महेश बस्नेतलगायतका साथमा नेम्बाङले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेम्बाङ पूर्वसभामुख तथा एमाले उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्बाङका छाेरा हुन् ।

वैशाख १५ गते हुन लागेकाे इलाम-२ काे उपनिर्वाचनमा एमालेका नेम्बाङसहित नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, रास्वपाका मिलनकुमार लिम्बु, पहिचान पक्षधर तथा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिका साझा उम्मेदवार डकेन्द्रसिंह थेगिम लगायत ३० जनाले उम्मेदवारी दिएका छन् ।

नेकपा माओवादीले भने एमालेका उम्मेदवारलाई सघाउने भएकाे छ ।

डा. बाबुराम भट्टराई नेतृत्वकाे नेपाल समाजवादी पार्टीले पहिचानवादीका साझा उम्मेदवार थेगिमलाई सघाउने भएकाे छ ।

त्यसैगरी जनमत पार्टीबाट प्रेमदीप लिम्बु, मंगाेल नेशनलबाट मनिबहादुर लिम्बु, राप्रपाबाट लक्ष्मी गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जीले पनि उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here