जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले ८ जना केन्द्रीय कार्यकारिणी सदस्य (पदाधिकारी) र २०६ जना केन्द्रीय सदस्यहरु छानेका छन् ।
गत जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा गरिएको जसपा नेपालको राष्ट्रिय महाधिवेशनबाट यादव सर्वसम्मत अध्यक्ष भएका थिए भने बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरु छान्ने जिम्मा पनि यादवलाई नै दिएको थियो ।
अध्यक्ष यादवले पार्टीको महाधिवेशन सकिएको करिब एक महिनापछि पदाधिकारी र केन्द्रीय सदस्यहरु छानेका हुन् ।
यद्यपि केन्द्रीय कार्यकारिणी सदस्य नै पदाधिकारी रहने व्यवस्था भए पनि को कुन पदमा छानिएको भन्ने कुरा हाल सार्वजनिक गरिएको छैन ।
अध्यक्ष यादवले नै केन्द्रीय सदस्यहरुको अन्तिम टुंगो लगाउने भएपछि जसपा नेपालका नेताहरुले काठमाडौंमा यादवलाई भेट्ने र जिम्मेवारी प्राप्तिका लागि प्रभाव पार्ने प्रयास गरेका थिए ।
अशोक राईको नेतृत्वमा जसपा नेपालबाट पार्टी विभाजन भएर जनता समाजवादी पार्टी बनेको समयमा यादवले बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरुको टुंगो लगाएका हुन् ।
को को छानिए ?