जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले पार्टी विभाजनपछि फिजाइएका भ्रमहरु चिर्न आवश्यक रहेको बताएका छन् ।
हिजो धरानमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
उनले सबै नेताहरुसँग पर्याप्त छलफल नगरी नै पार्टी विभाजन गर्नु आफ्नाे बाध्यता भएको प्रष्ट पार्दै यसबारे बुझ्न राजनीतिक प्रतिवेदन अध्ययन गर्न आग्रह गरे ।
सो क्रममा उनले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै पार्टीको अध्यक्षले भर्ती गरेको ‘हनुमान’ हुन नसकिने बताए ।
अशोक राईसहित नेताहरुले पार्टी विभाजन गरेपछि भएको महाधिवेशनमा यादव सर्वसम्मत अध्यक्ष भएका थिए भने उनले काठमाडौंमा पुगेर केन्द्रीय सदस्यहरुकाे छनोट गरेका थिए ।
तर त्यसलाई यादव समूहमा रहेका नेताहरुले सहर्ष स्वीकार गरेका छन् ।
अध्यक्ष राईले आफूले भनेको मान्ने मान्छेहरुलाई टिका लगाएर ल्याउने र भनेको नमान्नेहरुलाई फालेर आफ्नाे मुठ्ठीमा कब्जा गर्न चाहने निरंकुशता विरुद्धको लडाइँ गरिएको पनि उनले बताए ।
उनले पहिचान प्राप्तिको कुरा गायत्री मन्त्र जपेर नहुने बताए । पहिचानकाे लागि धेरै संघर्ष गर्नुपर्ने र प्रतिकुल अवस्थामा पनि लड्ने आँट गर्नुपर्ने उनको भनाइ छ ।