उत्पादनसँग जोडिने व्यवहारिक शिक्षा हुनुपर्छः प्रकाश चाम्लिङ (भिडिओ)

समाजवादी विद्यार्थी युनियनका अध्यक्ष प्रकाश चाम्लिङले अन्य विद्यार्थी संगठनहरु भन्दा आफूहरुको संगठनले फरक विचार र कार्यक्रम अघि सारेकोले विद्यार्थीहरु आफ्नाे संगठनप्रति आकर्षित भइरहेको बताएका छन् ।

साल्पा अनलाइनसँग उनले भने, ‘हाम्रो संगठनप्रति आम विद्यार्थीहरुमा सकारात्मक उर्जा आएको छ । हाम्रो संगठनले अरु विद्यार्थी संगठन भन्दा फरक खालको विचार र कार्यक्रमहरु अघि सारेको छ ।’

समाजवादी विद्यार्थी युनियनले त्रिभाषिक शिक्षा नीति हुनुपर्ने, र नेपालको भुगोल र माटो सुहाउदाे शिक्षा हुनुपर्ने अध्यक्ष चाम्लिङले जाेड दिए ।

तर, त्रिभाषिक शिक्षा नीति जुन ढंगबाट लागु हुनुपर्ने हो, त्यो ढंगबाट नभएको उनले बताए ।

उनले त्रिभाषिक शिक्षा नीतिका लागि सबभन्दा पहिले मातृभाषाका शिक्षकहरुको दरबन्दी नै व्यवस्था गर्नुपर्ने, र पाठ्यपुस्तकहरुको पनि व्यवस्था गर्नुपर्ने बताए ।

उनले नेपालको शिक्षा उत्पादनसँग जोडिने व्यवहारिक शिक्षा हुनुपर्ने भन्दै हालसम्मको शिक्षा पलायनमुखी शिक्षा भएको बताए ।

देश बनाउने शिक्षा नीति नभएकोले नै आज दैनिक हजारौं विद्यार्थीहरु पलायन भइरहेको र नेपालका विश्वविद्यालयहरु भने खाली भइरहेको बताए ।

सो क्रममा उनले जनता समाजवादी पार्टी देशको जातीय, भाषिक, सांस्कृतिक विविधताहरुलाई सम्बोधन गर्नका लागि पहिचानसहितको संघीयताको पक्षधर भएको प्रष्ट पारे ।

बाँकी भिडिओमाः

https://www.youtube.com/watch?v=2dPRUIMtw08

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्