धरानका मेयर हर्क साम्पाङले विकास पत्रकारिता गर्न पत्रकारहरुसँग आग्रह गरेका छन् ।
मेयर साम्पाङले हिजो धरानमा पत्रकार सम्मेलन गरी आफ्नाे भनाइ राख्ने क्रममा सो आग्रह गरेका हुन् ।
उनले आफूविरुद्ध गलत कुरा गरेर बस्ने पत्रकारहरु पत्रकार नै नभएको बताए ।
धरानका पत्रकार जनकऋषि राईले ‘सुम्निमा पारुहाङ साँझ २०८१ गर्न पैसा उठाएर हर्क साम्पाङ विदेश भाग्न लागेकोले विदेश जान रोकी पाउँ भनेर निवेदन दिन खोज्दा आफूले त्यसो गर्नु हुँदैन’ भनेर सम्झाएको फेसबुकमा राखेपछि मेयर साम्पाङले पत्रकार सम्मेलन गरेका हुन् ।
पत्रकार राईलाई इंगित गर्दै मेयर साम्पाङले गलत कुरा गर्दै बस्ने पत्रकार पत्रकार नै नभएको बताए ।
उनले भने, ‘जनकजीलाई पनि यहाँ बोलाएको थिएँ, आउनुभाछ ? तपाईहरु आउनुभो, उहाँ आउनुभएन । साथी पत्रकार नै होइन रहेछ ।’
विकास पत्रकारिता गर्नेहरुले गर्दा नै आज आफ्नाे श्रम अभियानले धराने जनताका लागि झन्डै एक अर्ब रुपैयाँ बराबरको सम्पत्ति जोड्न सकिएको उनले बताए ।
सो क्रममा उनले धराने जनताको उन्नति र प्रगति रोक्ने कुचेष्टा नगर्न चेतावनी पनि दिए ।
मेयर साम्पाङ सुम्निमा पारुहाङ प्रतिमा निर्माणका लागि दुई हप्ताको लागि बेलायत भ्रमण जाँदैछन् ।
पूर्ण राईका अनुसार धरान समाज युके र सुम्निमा पारुहाङ अभियान समिति युकेको निमन्त्रणामा मेयर साम्पाङ आगामी अक्टुबर १६ मा युके जाने तयारीमा छन् ।
उनले सुम्निमा पारुहाङको प्रतिमा निर्माणमा आर्थिक संकलन अभियानकै लागि मेयर साम्पाङ बेलायत जान लागेको र सो अवधिमा सबै दिन विभिन्न स्थानमा कार्यक्रम तय गरिएको बताए ।
‘दुई हप्ताको कार्यक्रम छ । एक दिन पनि खाली छैन । सबै उहाँको च्यारिटी ओरियन्टेड कार्यक्रमहरु बनाइएको छ,’ उनले भने ।
पत्रकारहरुले विदेश जान रोक्ने गरी तपाईलाई साच्चै उजुरी परेको हो भनेर प्रश्न गर्दा मेयर साम्पाङले त्यस्ता उजुरीले केही असर नहुने बताए ।
यही प्रश्नको उत्तर दिने क्रममा उनले कोकाहा खोलाबाट खानेपानी ल्याउन तीन दिन जंगलमा बसेर पानी ल्याएको दिन आफूविरुद्ध उजुरी गरिएको विगत कोट्याए ।
उनले हाल आफ्नाे अभियानमा मेचीदेखि महाकाली र भारतका मानिसहरु सहभागी भएको बताए । उनले धरानमा आफूले जितेपछि आहारिस गरेर बसिरहेकाहरुले आफ्नाे विरोध गरिरहेको बताए ।
सुम्निमा पारुहाङ प्रतिमा निर्माण अभियानकी मिना सिंघकले गत असोज १५ गते आयोजना गरिएको सुम्निमा पारुहाङ साँझ २०८१ पानी पर्नाले अन्तिममा स्थगन गर्नु परेको प्रष्ट पारिन् ।
यही कुरा मेयर साम्पाङले पनि त्यसबेलै बताएका थिए ।
स्थगन भएको उक्त कार्यक्रम आगामी २३ नोभेम्बरमा हुने सिंघकले बताइन् ।
उनका अनुसार सुम्निमा पारुहाङ प्रतिमा निर्माणका लागि प्राप्त रकम सार्वजनिक गरिने छ ।
सत्य हो मेयर साब