सरकारमा जाने कि नजाने भन्ने छलफल नै गरेका छैनाैः जसपा नेता राई (भिडियोसहित)

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले सरकारमा जाने कि नजाने ? भन्ने विषयमा आफूहरुले अहिलेसम्म छलफल नगरेको बताएका छन् ।

उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नै सरकार निर्माणका लागि अन्य दलहरुसँग छलफल गर्ने र वातावरण बनाउने काम गर्नुपर्ने बताए ।

साल्पा अनलाइनसँगको संवादमा उनले भने, ‘प्रमुख प्रतिपक्ष दल कुनै किसिमले सत्ता पक्षलाई सच्याउने वा सरकारमा आफ्नाे दाबी प्रस्तुत गर्ने ढंगले औपचारिक रुपमा आएकै छैन । उहाँहरुले हाम्रो नेतृत्वमा सरकार बनाउन सहयोग चाहियो भनेर भन्नु भए पनि त्यस सम्बन्धमा औपचारिक हिसाबले कुनै कारवाही भएको छैन ।’

अहिलेको राजनीतिक गतिरोध अन्त्य गर्नका लागि कांग्रेसको भूमिका निर्णायक हुने नेता राईको भनाइ छ ।

बाँकी भिडियोमा ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्