‘मुक्कुमलुङ बचाउन बन्दुक बाेक्न पनि तयार छौं’

पहिचानवादी मोर्चाका नेता जेन्टल लावतीले मुक्कुमलुङ बचाउनका लागि आफूहरु बन्दुक बाेक्न पनि तयार रहेको बताएका छन् ।

मुक्कुमलुङ आन्दाेलनमा पक्राउ परेकाहरुकाे रिहाइकाे माग गर्दै आज आज धरानमा आयोजित कोणसभामा उनले पाथीभरा नामकरण गरी मुक्कुमलुङको अस्तित्व नामेट पारी उपनिवेश लागू गर्न खोजिएको बताए ।

यसअघि खुवालुङलाई पनि फुटाउन खोजिएको स्मरण गर्दै उनले अब नेपालका आदिवासीहरु एक भएर आफ्नाे भूमिको लागि संघर्ष गर्ने उनले बताए ।

नेपाल आदिवासी जनजाति महासंघ धरान नगर कमिटिका अध्यक्ष सुवास हुक्पा चोङबाङले मुक्कुमलुङको आन्दोलनमा राईहरुको सहयोग नभएको भन्दै लिम्बुहरु एक्लै पनि लड्न सक्ने बताए ।

उनले लिम्बुहरुको चोत्लुङकाे रुपमा रहेको मुक्कुमलुङलाई तहसनहस पार्ने गरी तथा धार्मिक सांस्कृतिक जैविक विविधता नामेट पार्ने गरी केबलकार बनाउन व्यवसायी चन्द्र ढकाल अघि बढिरहेकोले सोविरुद्ध लिम्बुहरुले लड्ने बताए ।

उनले भने, ‘यहाँ बस्ने अन्य जातिहरुले हामीलाई सघाउनुहुन्छ भने सघाउनुहोस्, सघाउनुभएन भने लिम्बु एक्लैले चन्द्र ढकालसँग लड्ने हैसियत राख्छ ।’

उनले मुक्कुमलुङ बचाउन जस्तोसुकै मुल्य चुकाउन पनि लिम्बुहरु तयार रहेको बताए ।

किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष कमल तिगेलाले विश्वमै आदिवासीहरु भूमिकाे लागि लडिरहेको र उनीहरुले कहिल्यै नहारेको बताए ।

राष्ट्रिय जनमुक्ति पार्टीकी राखी नेवाहाङ राईले नेपालका आदिवासी किरातहरु एक भएर लड्न सुरु गरेमा केपी ओली सरकारको केही पनि बाँकी नरहने बताइन् ।

उनले अहिले आदिवासीहरुमै एकता नभएको बताइन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्