मुक्कुमलुङ आन्दोलनकारीमाथि सैन्य दमन गरिएको भन्दै नागरिक समाजद्वारा भर्त्सना

नागरिक समाजका अगुवाहरुले ताप्लेजुङकाे मुक्कुमलुङमा केबलकार निर्माणको नाममा सैन्य दमन गरिएको भन्दै सरकारको भर्त्सना गरेका छन् ।

प्रकृति र संस्कृति मासेर निर्माण गर्न खोजिएको केबलकार परियोजना तुरुन्त खारेज गर्न उनीहरुको माग छ ।

नागरिक समाजका ७६ जना अगुवाहरुकाे हस्ताक्षरमा आज एक विज्ञप्ति जारी गरिएकाे छ ।

जसमा नेपालको संविधान, मानवअधिकार, आदिवासीहरुको अन्तर्राष्ट्रिय अधिकार र वातावरणीय सामाजिक-सांस्कृतिक न्यायकाे विरुद्ध हुने गरी संघ, प्रदेश र स्थानीय सरकारको सुरक्षा संयन्त्र लगाएर मुक्कुमलुङका आन्दोलनकारीहरुमाथि दमन र ज्यादती गरिएको उल्लेख छ ।

मुक्कुमलुङ बचाउका आन्दोलनकारीहरु । तस्बिरः सारा टुनीच काेइँच

विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको सार्वभौम मूल्य–मान्यता विरुद्ध सैन्य निकायलाई विकासको निहुँ पारेर एक निजी कम्पनीको केबलकार परियोजना जस्तो गैरसुरक्षा सम्बन्धी कार्यमा संलग्न गराइ त्यहाँका आदिवासी र स्थानीय जनताहरुमाथि सैन्य शक्ति लाद्ने काम भएको छ ।’

उनीहरुले आन्दोलनकारीहरुसँग संवाद र सहमतिको पहल गर्नुको सट्टा शक्ति र सत्ताको आडमा उनीहरुलाई मनाेमानी ढंगले पक्रिने, कुटपिट गर्ने र बलजप्ती केबलकार बनाउनेतर्फ सरकार लागेको विषय गम्भीर रहेको उल्लेख गरेका छन् ।

प्रहरीले गत पुस १७ गते राति ९ बजे जनम लिम्बु, सुशील लिम्बु र संजोग लिम्बुलाई पक्राउ गरी हिरासतकाे म्याद थपेर अनुसन्धान अघि बढाएको छ ।

त्यसअघि उनीहरुमाथि केबलकार निर्माण पक्षबाट कुटपिट पनि गरिएकाे थियाे ।

पक्राउ गरिएकाहरुलाई पुस २० गतेभित्र बिनासर्त रिहा नगरे पुस २१ गतेदेखि मेची राजमार्ग अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिँदै विभिन्न संघ-संस्थाहरुले चेतावनी पनि दिएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्