माओवादी केन्द्र युवा विशेष महाशाखा १ नं प्रदेश सम्मेलन

नेकपा माओवादी केन्द्र, युवा विशेष महाशाखाअन्तर्गत १ नम्बर प्रदेश शाखाको सम्मेलन शनिबार सम्पन्न गरिएको छ ।

काठमाडौंमा सम्पन्न सम्मेलनबाट प्रभात राईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटी निर्वाचित भएकाे छ ।

कमिटीको उपाध्यक्षमा पर्शुराम धमला (अतीत), सचिवमा अनुज खनाल खत्री, सह–सचिवमा ज्ञानदिप राई र कोषाध्यक्षमा नमिता राउत छिन् ।

सम्मेलन नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा वाईसिएल नेपालका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बहादुर गुरुङ (कसम) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा पार्टीका उपत्यका विशेष प्रदेश समितिका सह–सचिव मन्जु बम, वाईसिएल नेपालका उपाध्यक्ष केहरसिंह कुँवर, युवा शाखाका सचिव प्रेम चापागाईं, वाईसिएल नेपालका केन्द्रीय सदस्य दिपक न्यौपाने, वाईसिएल नेपाल काठमाडौंका सचिव रुपेश दङ्गल, वाईसिएल नेपाल सिन्धुपाल्चोकका सचिव प्रकाश घिमिरेलगायत नेताहरूको उपस्थिति रहेको थियो ।

सम्मेलनका प्रमुख अतिथि तथा वक्ताहरूले शाखाको अधिकार क्षेत्र शाखाले अबको परिवर्तनका लागि ऐक्यबद्धता जनाएर जानुपर्ने र हरेक समस्याहरूको सामना गर्नुपर्नेमा जोड दिएका थिए ।

सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी युवाहरू किरण मगर, सुबास मगर, अर्जुन मगर, धिरज मगर, योगेश मगर र विकास मगर माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

1 COMMENT

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img