मुक्कुमलुङ अतिक्रमण र निहत्था जनतामाथि गोली प्रहार गरी गम्भीर घाइते बनाएको विरोधमा आजदेखि तमोर करिडाेर र मेची राजमार्ग अनिश्चितकालका लागि बन्द आव्हान गरिएको छ ।
मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिले अनिश्चितकाल यातायात बन्दकाे घोषणा गरेको हो ।
हाल, राज्य पक्षले मुक्कुमलुङ (हिन्दुकृत नाम पाथीभरा) मा जबरजस्ती केबलकार निर्माण कार्य अघि बढाइरहेकाे छ ।
आन्दोलनकारीहरूले मुन्दुमी स्थल मुक्कुमलुङको सांस्कृतिक अतिक्रमण हुने र वन तथा वातावरण पनि विनाश हुने गरी एउटा निजी कम्पनीले नाफा कमाउने गरी केबलकार बनाउनै नहुने माग राख्दै आएका छन् ।
उनीहरूमाथि दुई दिनअघि मात्रै सशस्त्र प्रहरीहरूले निर्मम दमन गरेको थियो । उनीहरूमाथि कैयाैं राउन्ड अश्रुग्यास र गोली हानिएको थियो ।
सशस्त्र प्रहरीकाे गोली लागेर याम लिम्बू, सगुन लावती र धर्मान पालुङ्वा गम्भीर घाइते भएका छन् ।
उनीहरूलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उनीहरूको उपचार गरिदैँछ ।