बायाँबाट क्रमशः जनमुक्तिका नेताहरू बलदीप प्रभावश्वर चाम्लिङ, एमएस थापा र केपी पालुङ्वा।
बायाँबाट क्रमशः जनमुक्तिका नेताहरू बलदीप प्रभावश्वर चाम्लिङ, एमएस थापा र केपी पालुङ्वा।

‘नो एड बट ट्रेड’ अर्थात ‘अनुदान हाेइन बजार।’

याे आफ्नाे उत्पादनकाे लागि अन्तर्राष्ट्रिय बजार खाेज्ने नेपाल जनमुक्ति पार्टीकाे नीति हाे।

कुनै पनि धनी देशले गरिब देशकाे उत्थानकाे लागि सहयाेग गर्ने घाेषणा गरेकाे देखिन्छ/सुनिन्छ। यसकाे लागि धनी देशले आर्थिक सहयाेग गरेकाे पनि देखिन्छ।

यदि, कुनै देशले विकासकाे लागि नेपाललाई आर्थिक सहयाेग दिन चाहन्छ भने नेपालले त्याे देशलाई यसाे भन्नुपर्दछ, ‘मलाई पैसा हाेइन, बजार देउ’ अर्थात ‘मलाई पैसा हाेइन, मेराे देशमा उत्पादन हुने वस्तु तथा सेवा बिक्रीकाे लागि तिम्राे देशमा बजारकाे आरक्षित व्यवस्थापन गरिदेउ।’

यदि, साच्चिकै धनी देशले गरिब देशलाई उत्थान गर्न चाहेकाे हाे भने त्याे गर्न तयार हुन्छन् र हुनु पनि पर्छ।

यदि, आफ्नाे देशकाे वस्तु बिदेशमा बिक्ने अवस्था आयाे भने देशमा उद्याेगधन्दा माैलाउँछ। राेजगारकाे सिर्जना हुन्छ। वैदेशिक मुद्रा भित्रन्छन्।

जसरी पनि विज्ञान-प्रविधिकाे विकास र त्यसकाे उच्च तहमा प्रयाेग गर्नुपर्ने हुन्छ, किनकि विकसित देशमा निर्यात गरिने वस्तुकाे गुणस्तर त्यही अनुसारले कायम गर्नुपर्ने हुन्छ।

मानाै, मेड इन नेपालकाे ट्याग भिरेकाे नेपाली वस्तु अमेरिकामा बिक्री हुन थालेपछि वस्तु तथा नेपालकै अन्तर्राष्ट्रिय जगतमा विज्ञापन हुन्छ।

मेड इन नेपाल ट्याग भएकाे वस्तुकाे लागि विशेष अन्तर्राष्ट्रिय बजार आरक्षित रहेछ भन्ने सूचना मन्दीमा रहेका अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले पाउँछन्।

भारत नेपालमा कुनै पनि कुरा उत्पादन नहाेस् भन्ने ठान्छ।

नेपालमा गएर वस्तु उत्पादन गर्ने र त्यसलाई मेड इन नेपालकाे ट्याग भिराएर अन्तर्राष्ट्रिय बजारमा बेच्ने साेच ती लगानीकर्ताहरूमा आँउछ। यसले गर्दा नेपालमा वैदेशिक लगानी भित्रन सक्छ।

याे त भए ठुला उत्पादनका वस्तुकाे बजार। यदि घरेलु उद्याेगका वस्तुले पनि बैदेशिक बजार पाउने हाे भने वस्तुमात्र निर्यात हुँदैन, हाम्राे संस्कृति पनि निर्यात हुन्छ।

वस्तुसँगै संस्कृति पनि आयात निर्यात भइरहेकाे हुन्छ। हामीमा विदेशी संस्कृतिकाे प्रभाव हुनु पनि हामीले सधै विदेशी वस्तु उपभाेग गर्छाै।

प्रायः एक देशले अर्काे देशसँग राख्ने सम्बन्धकाे पछाडि बजार स्वार्थ हुन्छ। जस्ताे, भारतले नेपालसँग कायम गर्ने सम्बन्धकाे पछाडि बजार हुन्छ।

उसले नेपालमा कुनै पनि कुरा उत्पादन नहाेस् भन्ने ठान्छ। नेपालमा कुनै पनि वस्तु निर्माण भएन भने भारतकाे वस्तुले नेपालमा बजार पाउँछ।

यही रणनीतिका साथ उसले नेपालसँग सम्बन्ध कायम गरिरहेकाे हुन्छ। तर नेपालका शासकहरूले आफ्नाे बजार भारतमा विस्तार गर्ने कुनै कुटनैतिक अभ्यास गर्ने क्षमता राख्दैन।

भारतले नेपाललाई देखाइ टाेपल्ने सद्भावलाई उसले उसकाे देशमा नेपाललाई बजार प्रादान गर्ने सदासयतामा रूपान्तरण गर्ने क्षमता नेपालले राख्नुपर्छ। यदि साच्चै नेपालकाे भलाे चाहेकाे हाे भने भारतले त्याे गर्नैपर्छ।

तर, नेपालका शासकहरू विदेशीले सहयाेग गर्ने भयाे भने पैसा नै माग्छन्। किनकि, नगद आयाे भने बाँडीचुडी खान मिल्छ।

यी भ्रष्टहरूमा नेपाल बनाउने कुनै कल्पदृष्टि छैन । नाे एड बट ट्रेडकाे साेच त तिनीहरूकाे सपनामा पनि आउँदैन।

(बलदीप प्रभाश्वर चामलिङकाे फेसबुक वालबाट। उनी नेपाल जनमुक्ति पार्टीका उपाध्यक्ष हुन्।)

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here