जेन-जी आन्दोलनपछि साम्पाङ र घिसिङ एकताबद्ध, एउटै पार्टीकाे तयारी

नयाँ पार्टी खोल्ने तयारीमा रहेका धरान उपमहानगरका मेयर हर्क साम्पाङ र नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको विषम परिस्थितिमा एक भएर अघि बढ्ने सहमति गरेका छन्।

उनीहरूले आगामी दिनमा एउटै राजनीतिक पार्टी बनाएर जाने संकेत गरेका छन्।

जेन-जी आन्दोलनपछि देश ठूलो अप्ठ्यारो परिस्थितिमा रहेको उल्लेख गर्दै जेन-जी पुस्तालाई साथमा लिएर अघि बढ्ने घिसिङले बताए।

शुक्रबार काठमाडाैंमा संयुक्त पत्रकार सम्मेलन गर्दै उनले भने, ‘जेन-जी पुस्ताले जुन विषय उठाएर यत्रो ठुलो आन्दोलन गर्‍यो, यत्रो परिवर्तन भयो, अब देशलाई कसरी डाेर्‍याउने भन्ने विषयमा जेन-जी पुस्ताका साथीहरूसँग सहकार्य गरेर जानुपर्छ र जस्तोसुकै परिस्थितिमा पनि एक भएर जानुपर्छ भन्ने सहमति भएको छ।’

उनले साम्पाङ र आफू मात्रै नभई अरूलाई पनि साथमा लिएर एउटा शक्तिशाली राजनीतिक पार्टी निर्माण गर्ने आशय व्यक्त गरे।

उनले थपे, ‘परिस्थिति जस्तो पनि आउन सक्छ। हामी मात्रै जाने भनेको होइन, जस्तोसुकै परिस्थितिमा पनि हामीले देशलाई डाेर्‍याउनुपर्छ र आगामी दिनमा पनि एक भएर अघि बढ्नुपर्छ।’

मेयर साम्पाङले अहिलेको विषम परिस्थितिलाई निकास दिने गरी अघि बढ्ने बताए। देशमा शान्ति-सुरक्षाको चुनौती रहेको भन्दै उनले अब सबै कुराको सुधार गरेर जानुपर्ने धारणा राखे।

नेपालमा दैनिक १८ घन्टासम्मको लोडसेडिङ अन्त्य गरेर लाेकप्रिय बनेका घिसिङले पछिल्लो समय उज्यालो नेपाल अभियान चलाइरहेका छन्।

उनले अब पुराना दलहरूले देशलाई समृद्धिकाे बाटाेमा लान नसक्ने धारणा व्यक्त गर्दै आएका थिए।

श्रमदान अभियान चलाएर चर्चामा आएका मेयर साम्पाङले हालै नयाँ पार्टी खोल्ने प्रक्रिया अघि बढाएका थिए।

साम्पाङ टिमका अभियन्ता समीर तामाङले घिसिङ र साम्पाङको संयुक्त पत्रकार सम्मेलनको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘यो देख्न ठुलो आवश्यक थियो आज भयो, जय देश।’

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img