समुदायका असन्तुष्टि सम्बोधन नगरी मुक्कुमलुङ केबलकार अघि बढ्दैन

गृहमन्त्री ओमप्रकाश अर्यालले ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) मा निर्माणाधीन केबलकार परियोजना सम्बन्धमा राज्यले विगतमा जसरी एकपक्षीय ढङ्गले अघि नबढ्ने बताएका छन्।

उनले समुदायका असन्तुष्टिहरू सम्बोधन नगरी परियोजना अघि नबढ्ने स्पष्ट पारेका छन्।

आइतबार पहिचानवादी अगुवाहरूले सिंहदरबारमा गृहमन्त्री अर्याललाई भेटी मुक्कुमलुङमा विगतका सरकारले अलोकतान्त्रिक र अमानवीय ढङ्गले याक्थुङ (लिम्बु) समुदायको परम्परा, संस्कृति र मुन्दुमी स्थलमाथि अतिक्रमण हुने गरी निजी कम्पनीको नाममा केबलकार निर्माण अघि बढाएको विषयमा ज्ञापनपत्र बुझाएका थिए।

सो अवसरमा मन्त्री अर्यालले समुदायको आस्था र विश्वासलाई राज्यले सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे।

उनको भनाइ उद्धृत गर्दै राम मादेनले भने, “मुक्कुमलुङमा विगतमा सरकारबाट जे अन्याय भएको थियो, त्यसको निरन्तरता हुँदैन। समुदायको आस्था र विश्वासको संरक्षण गरेर मात्रै विकास सम्भव हुन्छ।”

नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुक्कुमलुङमा प्रहरी प्रशासनको बलमा केबलकार निर्माण कार्य अघि बढाएको थियो।

त्यस क्रममा पटक–पटक झडप र हिंसा भएको थियो।

जेनजी विद्रोहपछि ओली सरकार अपदस्त भएसँगै त्यहाँको केबलकार निर्माण कार्य पनि सुस्त बनेको छ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img