चुनाव जितेरै प्रधानमन्त्री बन्छुः हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू चुनाव जितेरै देशको प्रधानमन्त्री बन्ने दाबी गरेका छन्।

किरात राई यायोक्खाले बिहीबार काठमाडौँमा आयोजना गरेको यले संवत् ५०८६ को शुभकामना आदान–प्रदान कार्यक्रममा उनले भने, ‘म यो देशको प्रधानमन्त्री बन्छु, यलम्बरको आशिष् मलाई मिलोस्।’

‘देशको प्रधानमन्त्री बन्छु’ भन्नु कुनै पाप नभएको उल्लेख गर्दै उनले प्रष्ट पारे, ‘किनभने म देशको नागरिक हुँ र यलम्बरको सन्तान हुँ।’

उनले किरातीसहित सबैले मुन्दुमी बोली बोल्नुपर्ने धारणा राखे। रुखो भए पनि झुटो नबोल्नु नै मुन्दुमी बोली भएको उनको भनाइ छ।

‘किरातीसहित सबैले मुन्दुमी बोली बोल्नुपर्छ, भनाइको मतलब ढाट्नु हुँदैन,’ उनले भने, ‘मलाई मेरा पुर्खाले नै झुटो नबोल भन्ने सिकाएका छन्। म रुखो बोल्छु, तर कसैलाई फसाउँदिनँ। यही मेरो मुन्दुमी बोली हो।’

सो क्रममा उनले धरानमा विश्वकै ठूलो सुम्निमा–पारुहाङको प्रतिमासहित किराती पर्यटकीय तथा अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए।

सुम्निमा–पारुहाङको प्रतिमा निर्माणका लागि देश–विदेशका सहयोगदाताहरूलाई धन्यवाद दिँदै उनले हजार वर्षसम्म टिक्ने प्रतिमा कसरी बनाउने भन्ने विषयमा मुर्तिकारहरूसँग परामर्श भइरहेको बताए।

सो अवसरमा उनलाई २ लाख २५ हजार ५ सय ५५ रुपैयाँसहितको ‘यलम्बर स्मृति पुरस्कार’बाट सम्मान गरिएको छ।

यसअघि यो पुरस्कारबाट सिक्किममा लगातार पाँच पटक मुख्यमन्त्री बन्न सफल पवन चाम्लिङलाई सम्मान गरिएको थियो।

अध्यक्ष साम्पाङले आफूलाई यति ठूलो सम्मान प्रदान गरिएकोमा हर्ष व्यक्त गर्दै किरात राई यायोक्खालाई धन्यवाद दिए

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img