जसपाको प्रतिबद्धता: स्वायत्त क्षेत्र लागू र संघीय संसद घटाउने

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्णसमानुपातिक संसद, सानाे मन्त्रिमण्डल

काठमाडौँ। जाँतो चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएको जनता समाजवादी पार्टी (जसपा) ले पहिचानसहितको संघीयता, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, विज्ञहरूबाट मन्त्रिमण्डल गठन गर्ने लगायतका प्रतिबद्धता जनाएको छ।

जसपाले संविधानको धारा ५६ को उपधारा (५) मा उल्लेखित विशेष, संरक्षित वा स्वायत्त क्षेत्रलाई पनि ऐन बनाएर लागू गर्ने प्रतिबद्धता पनि जनाएको छ।

विगतमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीले आयोगमार्फत स्थानीय तहको सीमांकन तथा नामांकनसहितको पुनर्संरचना गर्दा आफ्नै भूगोलमा सानो जनसंख्या भएका आदिवासी समुदायका लागि विशेष, संरक्षित वा स्वायत्त क्षेत्र बनाउनुपर्ने संवैधानिक व्यवस्था हुँदाहुँदै पनि त्यसलाई कार्यान्वयन नगरी ७५३ वटा स्थानीय तह (नगरपालिका र गाउँपालिका) मात्र बनाएको जसपाको आरोप छ।

जसपाले पहिचान र सामर्थ्यका आधारमा प्रदेशहरूको पुनर्संरचना गर्ने, स्थानीय तहलाई गैरदलीय सामुदायिक विकास एकाइका रूपमा स्थापित गर्ने, संसदलाई पूर्ण समानुपातिक निर्वाचन प्रणालीका आधारमा गठन गर्ने, संघीय संसदको संख्या घटाउने तथा मन्त्रिमण्डल पनि सानो र समावेशी बनाउने उल्लेख गरेको छ।

हाल, नेपालको संविधानको धारा ७६ को उपधारा (९) मा प्रधानमन्त्रीसहित बढीमा २५ जनाको मन्त्रीपरिषद् गठन गर्न सकिने उल्लेख छ।

जसपा अध्यक्ष अशोक राईले २७५ सदस्यीय प्रतिनिधिसभाको संख्या घटाएर १२० पनि बनाउन सकिने साल्पा अनलाइनसँगको कुराकानीमा बताएका थिए।

जसपाले हाल राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालसँग मिलेर राष्ट्रिय अग्रगामी गठबन्धन बनाएको छ।

चाँडै एकता प्रक्रियामा जान लागेका तीनवटै दलले यसपटक जाँतो चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिएका छन्।

जसपाले केही दिनमै चुनावी घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ।

जसपाका प्रतिबद्धताहरूः

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img