वायु प्रदूषणका कारण नेपालमा वर्षेनि ४२ हजारको मृत्यु

तीमध्ये करिब २१ प्रतिशत पाँच वर्षमुनिका बालबालिका

काठमाडौं। वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार तीमध्ये करिब २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिकाको हुने गरेको छ।

उनका अनुसार वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या, दम, मुटुरोग तथा हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर र स्मरणशक्ति कमजोर हुनेजस्ता समस्या देखिने गरेका छन्।

मन्त्रालयका अनुसार नेपालमा वायु प्रदूषण World Health Organization (डब्लुएचओ) ले तोकेको मापदण्डभन्दा करिब आठ गुणासम्म बढी रहेको छ।

प्रदूषणका कारण बालबालिकामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिनु, मुटुसम्बन्धी रोगको जोखिम बढ्नु, शिशु बिरामीदर बढ्नु, बाल्यकालमै क्यान्सरको जोखिम बढ्नु, मस्तिष्क विकासमा ढिलाइ हुनु र असामान्य व्यवहार देखिनुजस्ता समस्या पनि देखिने गरेका छन्।

साथै कुपोषण देखिनु, कम तौलको बच्चा जन्मिनु, रक्तअल्पता हुनु, बाँझोपन बढ्नु, गर्भकालीन मधुमेह देखिनु र मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्नुजस्ता असर पनि पर्ने गरेका विज्ञहरूले बताएका छन्।

मन्त्रालयका अनुसार नेपालमा वायु प्रदूषण World Health Organization (डब्लुएचओ) ले तोकेको मापदण्डभन्दा करिब आठ गुणासम्म बढी रहेको छ।

डा. बुढाथोकीका अनुसार हिजाे (बिहीबार) नेपालमा वायु गुणस्तर सूचक (AQI) १८५ सम्म पुगेको थियो।

डब्लुएचओको मापदण्डअनुसार स्वास्थ्यका लागि हानिकारक मानिने सूक्ष्म कण (PM2.5) को वार्षिक औसत मात्रा प्रतिघनमिटर पाँच माइक्रोग्रामभन्दा बढी हुनुहुँदैन।

डा. बुढाथोकीका अनुसार सूक्ष्म कणको मात्रा धेरै भएमा ती कण हावामा तैरिँदै श्वासप्रश्वास प्रक्रियामार्फत फोक्सोसम्म पुग्न सक्छन्।

नेपालमा भने डब्लुएचओको मापदण्डभन्दा धेरै बढी प्रदूषण रहेको उनले बताए।

साल्पा अनलाइनका रिल्सः

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img