प्रधानमन्त्री ओलीले फुटाउन चाहेको खुवालुङ प्रदेश सरकारले संरक्षण गर्ने

प्रधानमन्त्री केपी ओलीले फुटाउन चाहेको खुवालुङलाई प्रदेश १ सरकारले संरक्षण गर्ने नीति ल्याएको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमै खुवालुङलाई संरक्षण गरी सो क्षेत्रलाई धार्मिक एवं सांस्कृतिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने उल्लेख गरेको छ ।

अरुण, तमोर र दुधकोसीको त्रिवेणीस्थित खुवालुङ नदीको बिच भागमा रहेको ठूलो ढुंगो हो । जसलाई किरात समुदायले संस्कृति र सभ्यताको प्रतिकको रुपमा लिने गर्दछन् ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गत फागुनमा खुवालुङ फुटाएर नदीमा जलयातायात सञ्चालन गर्ने घोषणा गरेका थिए ।

सोपछि खुवालुङ संरक्षणको पक्षमा चौतर्फी आन्दोलन गरिएको थियो ।

संघीय सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको बजेटमा कोसीमा जलयातायात सञ्चालन गर्न अवरोध हटाइने उल्लेख गरेको थियो ।

खुवालुङलाई प्रधानमन्त्री ओलीले अवरोधको रुपमा लिएका थिए ।

संघीय सरकारको बजेट नीतिले खुवालुङ संरक्षण पक्षधरहरु झस्केका थिए । किनभने सोअघि नै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायत जनप्रतिनिधि तथा सरकारी अधिकारीहरुले खुवालुङ संरक्षण गर्ने बताएका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्