Saturday, April 1, 2023

युरोपमा महामारीको नयाँ लहर सुरु हुने डब्लुएचओकाे चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले युराेपका देशहरुमा काेराेनाभाइरसकाे अर्काे चरणकाे महामारी सुरु हुनसक्ने जनाएकाे छ ।

युरोपेली देशहरुमा फेरि कोरोनाभाइरस संक्रमितहरुकाे संख्या बढ्न थालेपछि डब्लुएचओले अर्काे चरणकाे महामारी सुरु हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेकाे हाे ।

डब्लुएचओले बिहीबार करिब दुई महिनापछि संक्रमितहरुकाे संख्या बृद्धि भएको जानकारी गराउँदै महामारी फैलिन नदिने उपायहरुप्रति बेवास्ता गरेमा फेरि महामारी फैलिने खतरा रहेकाले त्यसतर्फ सवै तत्काल सतर्क हुनुपर्ने जनाएकाे छ ।

‘युरोपेली क्षेत्रमा महामारीको अर्को चरण सुरु हुनसक्ने खतरा देखिएको छ, त्यसैले महामारी नियन्त्रण गर्न अपनाउनु पर्ने उपायहरुप्रति सबै सतर्क हुनुपर्दछ,” संगठनको युरोप क्षेत्रीय कार्यालयका निर्देशक हान्स क्लुगले भनेका छन् ।

उनले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार युरोपेली क्षेत्रमा अहिले १० प्रतिशतको दरले संक्रमितकाे संख्यामा बृद्धि भएको हो ।

उनले युरोपेली देशहरुमा सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने र साबुनपानी वा सेनिटाइजरको प्रयोग गर्ने कार्यलाई कडाइका साथ गर्न गराउन पनि आग्रह गरे ।

नयाँ चरणको महामारीमा डेल्टा भेरियन्ट फैलिने भएकाले यसले थप क्षति हुने सम्भावना बढिरहेको उनले बताए ।

उनले खोप लगाउने अभियानलाई पनि उच्च प्राथमिकताका साथ अगाडि बढाउन पनि सबै देशका अधिकारीलाई आग्रह गरे ।

उनले भने, ‘खोपले डेल्टा भेरियन्टको कोरोनाभाइरसबाट बचाएको देखिएको छ, त्यसका लागि दुई मात्रा खोप लगाउनु अति राम्रो हुन्छ ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्