दसैं आदिवासीहरुको अस्तित्व लुट्ने हतियार : डा. कृष्ण भट्टचन

समाजशास्त्री तथा आदिवासी अधिकारकर्मी डा. कृष्ण भट्टचनले सामाजिक सद्भावको लागि आदिवासीहरुले दसैं मानिदिने हो भने त्यसले आदिवासीहरुको पहिचान र अस्तित्व समाप्त पार्ने बताएका छन् ।

नेपालका हिन्दुहरुको महान् पर्व भनिने दसैंबारे उनले भने, ‘दसैं आदिवासीहरुले सामाजिक सद्भावको लागि मान्ने हो भने त्यसले आदिवासीहरुको एकपछि अर्को गर्दै भूमि, भूभाग, धर्म, संस्कृति, चाडहरु सबै कुरा सिध्याउँछ ।’

त्रिभुवन विश्वविद्यालयका प्राध्यापकसमेत रहेका उनले दसैंलाई एक वाक्यमा भन्दा ‘आदिवासीहरुको लागि वनमारा झार’ रहेको र सैद्धान्तिक दृष्टिकोणले हेर्ने हो भने ‘आदिवासीहरुमाथि उपनिवेशवादीहरुको चाड’ रहेको बताए ।

भारतका हिन्दुहरुले दसैं नमाने पनि नेपालका हिन्दु धर्मावलम्बीहरुले महान् पर्वको रुपमा दसैं मान्दै आएका छन् ।

तर नेपालका कतिपय विज्ञहरुले दसैं हिन्दुहरुको चाड नभएर आदिवासीहरुको चाड रहेको पछि त्यसको हिन्दुकरण गरिएको मत राख्दछन् ।

किनभने चामलको टीका र जमरा लगाउने परम्परा वास्तविक हिन्दु परम्परा नभएको ती विज्ञहरुको भनाइ छ ।

डा. भट्टचन भने दसैैं आदिवासीहरुको चाड हुँदै नभएको बताउँछन् । उनले आदिवासीहरुले दसैं मान्नु आत्मघाती कदम हुने बताए ।

उनले कुराकानीकै क्रममा हिन्दुहरुले पहिले गाई गोरुको मासु खाने गरेको प्रसंग पनि जोडे ।

(याे समाचारमा भिडियाे अन्तर्वार्ताकाे लिंक पनि राखिएकाेमा १० अक्टाेबर २०२१ मा विशेष कारणले युट्युबबाट उक्त भिडियाे डिलिट गरिएकाेले पाठक दर्शकमा परेकाे असुविधामा क्षमा चाहन्छाैं । स.)

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्