दसैं किरातीकै चाड हुनसक्छ, याे अनुसन्धानकाे विषय हाे

कुनै पनि चाड सिर्जना हुनुमा संस्कार संस्कृतिको अहम् भूमिका हुन्छ । तर दसैंचाहिँ देवता र दानवको युद्धमा देवताले बिजय प्राप्त गरेको उपलक्ष्यमा मनाउन थालिएको भनिन्छ । जहाँसम्म दानवको कुरा हो, त्यो राम र रावणको बिचमा युद्ध हुँदाको समय त्रेतायुग थियो ।

द्वापर युगमा महाभारत युद्ध भयो । महाभारतको युद्धको वर्णनमा दानवसँग युद्ध भएको चर्चा छैन । दशैंमा टीका लगाउँदा दिइने आशीर्वाद वा मन्त्र सबै महाभारत युद्धका योद्धाहरुको नाममा छ दशरथलाई छाड्ने हो भने । त्यत्राे महाभारतको वर्णनमा रसोई घरदेखि तबेलामा पुगेकोसम्म चर्चा हुँदा दशैं मनाएको चर्चा कसरी छुट्यो ।

सनातनी धर्मका प्रवर्तक जसले वेदकै रचना गरे उनीहरुले यत्रो दानवमाथिकाे ऐतिहासिक विजय प्राप्त गरे पश्चात सुरु गरिएको दशैंको वर्णन गर्न छुट्यो भन्ने कुरा मान्नै सकिन्न ।

हिन्दुहरुसँग कुनै चाडहरु नै थिएनन् र छैनन् पनि । कुनै पनि चाड सिर्जना हुनुमा संस्कार संस्कृतिको अहम् भूमिका हुने हुनाले किरातीहरुको संस्कार संस्कृति र परम्परालाई आधार मानेर दशैंको सिर्जना गरिएको हुन सक्दछ ।

दशैं किरातीको चाड हुन पनि सक्छ, अनुसन्धानको बिषय हो । किरातीले नयाँ अन्नलाई सृष्टिकर्ताको प्रसाद मानेर पितृलाई चडाउँदा त्यसले टीका लगाउने चलन छ न्वागीमा ।

त्यस्तै त्यही पुजामा किरातीलाई जीवनयापन गर्न उनीहरुको सुरक्षा गर्न र त्यो अन्न उत्पादन गर्न सघाउने कुटोकोदालो, खुर्पा बन्चरो लगायत धनुकाँडलाई पनि पुजा गर्छ ।

त्यसैलाई दुर्गापुजा भनेर विविधिकरण गरियो । विभिन्न बहानामा दशैं चाडको सिर्जना गरी किरातीको सांस्कृतिक अपहरण गरिसकेपश्चात् दमन गरेको हुन सक्छ । तर, त्यहाँ दानव र देवताको कथाचाहिँ जोडियो ।

आजका किरातीहरु यति सानो कुराको खोज तथा अनुसन्धान गर्न विश्लेषण गर्न सक्षम छन् र गर्नु पनि पर्दछ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्