तमू समुदायको संस्कृति संरक्षण गर्न सरकारले सहयोग गर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले तमू समुदायको भाषा, संस्कृतिको संरक्षण र संवर्द्धन गर्न सरकारले सहयोग गर्ने बताएका छन् ।

तमू ल्होसारको अवसरमा बिहीबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले साे कुरा बताएका हुन् ।

उनले गुरुङ समुदायको तमू ल्होसारले मुलुकको आर्थिक तथा सामाजिक विकासमा समुदायले पुर्याउँदै आएको योगदानलाई उजागर गर्दै समुदायको सभ्यता र संस्कृतिलाई अन्य समुदायसमक्ष चिनाउन मद्दत गर्ने बताए ।

उनले भने, ‘तमु ल्होसार पर्वले तमु समुदायहरुमा विभिन्न वर्ग, संस्कृति, समुदाय र क्षेत्रसँग सम्वद्ध नागरिकको बीच आपसी मेलमिलाप, श्रद्धा र सहिष्णुता सुनिश्चित गर्न पनि सहयोग पुग्ने विश्वास लिएको छु ।’

उनले तमू ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीको सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुका लागि शुभकामना व्यक्त गरे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्