Sunday, December 4, 2022
9.7 C
Diktel

खाेटाङकाे दिक्तेल र याम्खा जोड्ने साप्सु खोलाको मोटरेबल पुल उद्घाटन

Subtitle

प्रदेश १ काे खोटाङस्थित दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले जोड्ने साप्सु खोलामा निर्माण गरिएको मोटरेबल पुल आज उद्घाटन गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पुलको उद्घाटन गरेका हुन् ।

उक्त पुल संघीय सरकार, प्रदेश सरकार र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको संयुक्त बजेट (५ करोड, ६० लाख रुपैयाँ) मा निर्माण गरिएको हो ।

४० मिटर लम्बाइ रहेको उक्त पुलको शिलान्यास २०७६ असार ११ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले गरेका थिए ।

उक्त पुल २०७८ जेठ १७ गते निर्माण गरिसक्नुपर्ने सम्झौता थियो ।

पुल निर्माणपछि दिप्रुङ चुइचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाबासीलाई सहज भएको छ ।

सो अवसरमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट पास भएकोले त्यसले अब देशकाे गरिबी निवारण र आर्थिक विकासमा ठुलाे सहयाेग हुने बताएका थिए ।

गाउँपालिका अध्यक्ष भूपेन्द्र राई नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्