फेरि बढ्यो इन्धनको मूल्यः पेट्रोल प्रतिलिटर १९९ पुग्यो

सरकारले काे मूल्यमा भारी वृद्धि गरेकाे छ ।

हिजाे (आइतबार) रातिदेखि नेपाल आयल निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेकाे हाे ।

मूल्य बढेसँगै पेट्रोल प्रतिलिटर १९९ पुगेको छ भने डिजेल र मट्टीतेल १९२ पुगेको छ । निगमले खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन ।

निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img