माङसेबुङ र चुलाचुली गाउँपालिकाले लिम्बू भाषालाई सरकारी भाषा बनाउने

लिपि किरात सिरिजङ्गा चलाउने

इलामको माङसेबुङ गाउँपालिका र चुलाचुली गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएको छ ।

माङसेबुङ गाउँपालिकाको ११ औं गाउँसभा र चुलाचुली गाउँपालिकाको १० औं गाउँसभाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउने घोषणा गरेका हुन् ।

माङसेबुङ गाउँपालिकामा ४३ प्रतिशत लिम्बू र ३६ प्रतिशत राई जातिको बसोबास रहेकाे छ ।

स्थानीय मातृभाषालाई पालिकाभरि नै सरकारी भाषाकाे रुपमा मान्यता दिने स्थानीय तहमा माङसेबुङ र चुलाचुली गाउँपालिका सम्भवतः पहिलो हाे ।

गाउँपालिकाले ३६ प्रतिशत राईहरुको बसोबास रहेकोलाई समेत मध्येनजर गर्दै आगामी आर्थिक वर्षदेखि राईभित्रको बान्तावाभाषी कर्मचारीको व्यवस्था गर्ने कार्यक्रममा उल्लेख गरेकाे छ ।

दुवै गाउँपालिकाले यसअघि नै एक/एक वटा वडामा लिम्बू भाषालाई सरकारी कामकाजको भाषा लागू गरेकाे थियाे ।

माङसेबुङले वडा नं ५ मा २०७५ सालमा र चुलाचुलीले वडा नं १ मा २०७७ सालमा उक्त नीति लागू गरेकाे थियाे ।

स्थानीय मातृभाषालाई पालिकाभरि नै सरकारी भाषाकाे रुपमा मान्यता दिने स्थानीय तहमा माङसेबुङ र चुलाचुली गाउँपालिका सम्भवतः पहिलो हाे ।

यसैगरी दुवै पालिकाले किरात सिरिजङ्गा लिपि प्रयोग गर्ने भएको छ ।

दुवै गाउँपालिकाका केही वडाहरुले यसअघि नै कार्यालयको बोर्ड, लेटरहेड, छाप र विभिन्न अनुसूची फारामहरुमा किरात सिरिजङ्गा लिपि प्रयोगमा ल्याइसकेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्