राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचन आवश्यकः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक स्थायित्वको लागि प्रत्यक्ष निर्वाचन प्रणाली आवश्यकता देखिएको बताएका छन् ।

नेपाली कांग्रेस क्षेत्र नं २ द्वारा आइतबार शुक्लागण्डकी-४ दुलेगौँडामा आयोजित नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले साे कुरा बताएका हुन् ।

उनले भने, ‘प्रत्यक्ष निर्वाचन प्रणालीबाटै दलित, महिला, अल्पङ्ख्यकको उचित प्रतिनिधित्व कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरौँ होइन भने, कुनै एकल पार्टीको बहुमत सरकार नबन्ने हो ।’

साे क्रममा उनले अनिवार्य रुपमा गठबन्धन वा तालमेलमा जानुपर्ने बताए ।

सरकार निर्माणको लागि गठबन्धन र तालमेल भनेको भागबण्डा मात्र हो भन्दै गइयो भने नेपालको राजनीतिक व्यवस्थामाथि नै लगातार जनविश्वास गुम्दै जाने उनकाे भनाइ छ ।

उनले उम्मेदवारको अलमल हटाउन साउनमै गठबन्धनको टुङ्गो लगाइने पनि बताए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img