कोदोकाे रक्सी ‘ब्राण्डिङ’ गर्न समिति गठन

कोदोकाे रक्सीलाई प्रवद्र्धन गर्नका लागि सुनसरी जिल्ला तदर्थ समिति गठन गरिएकाे छ ।

हिजाे धरानकाे मुकुमलुङ होटेलमा भएको भेलाले नगेन्द्र पारघरीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेकाे हाे ।

समितिकाे सदस्यहरुमा निमा पोङ्स्युवा, रिता खापुङ, लीला राई, सानु ल्वागुन, सुमित्रा राई, निर्मला राई, कमला सुब्बा, हेमराज जिमी, विश्वास मगर, बिनापुमा राई, ऐसा सुनुवार, लक्ष्मी राई छन् ।

भेलाले सात सदस्यीय सल्लाहकार समिति पनि गठन गरेकाे छ ।

जसमा हर्ष सुब्बा, डा. कमल तिगेला, नरप्रसाद लुङ्फुङ्बा, बिपिन इवारम, भक्तराज रसाइली, तेन्जिङ शेर्पा, ताजुव लिम्बू छन् ।

प्रदेश १ सरकारले कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने नीति लिएपछि जनस्तरबाटै दबाव दिने उद्देश्यले प्रदेश १ का १४ जिल्लामा समिति गठन गर्ने क्रम अघि बढाइएकाे प्रद्र्धनन समिति संयोजक टेकबहादुर खजुमले जानकारी दिए ।

संयोजक खजुमका अनुसार हालसम्म झापा र मोरङ जिल्ला समिति गठन गरिएकाे छ । साउनको दोस्रो हप्तासम्म १४ वटै जिल्लामा समिति गठन गरिनेछ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्