किरात राई यायोक्खा बेलायतद्वारा ‘खुवालुङ’ नाटकलाई डेढ लाख सहयोग

नाटक ‘खुवालुङ’का लागि किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति बेलायतले १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

खुवालुङका लेखक तथा वरिष्ठ साहित्यकार राजन मुकारुङले आर्थिक सहयोग गरेकोमा यायोक्खा बेलायतका अध्यक्ष चन्द्रबहादुर राईसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुप्रति आभार प्रकट गर्दै यो जानकारी गराएका हुन् ।

यायाेक्खा बेलायतका उपाध्यक्ष जीतेन साम्पाङले हिजाे उक्त रकम हस्तान्तरण गरेका हुन् ।

किरात समुदायको सांस्कृतिक बिम्ब मानिने खुवालुङ शीर्षक राखेर निर्माण गरिएको याे नाटक आगामी साउन ६ गतेदेखि २९ गतेसम्म काठमाडौंको थापागाउँस्थित मण्डला नाटकघरमा मञ्चन गरिने छ ।

किरण चाम्लिङ राईले निर्देशन गरेकाे यस नाटककाे गीतकाे शब्द स्वप्निल स्मृति र राजन मुकारुङकाे छ भने संगीत बेनुका राईले गरेकी छन् ।

खुवालुङमा पशुपति राई, मनाङ लावती, इँगि होपो सुनुवार, रियर राई, रोशनी स्याङ्बो, सम्योग गुरागाईं, वेदना राई, अनु थापा मगर, प्रशम्सा गुरुङ, सुरज यादव, सबिना थापा क्षेत्री, सारा लोहोरुङ राई, बिनोद धामी, दिपा सुहाङ, सुशील तामाङलगायत ३० जना कलाकारले अभिनय गर्ने छन् ।

हाल रिहर्सल भइरहेकाे यस नाटकले सुनकोशी, अरुण र तमोर नदीकाे त्रिवेणीमा रहेको खुवालुङसँग जोडिएको मिथक र पछिल्लो समय त्यसमाथि भएकाे राजनीतिलाई चित्रण गर्नेछ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img