किरात प्रदेशका लागि यायोक्खाले आज बृहत मोटरसाइकल र्‍याली गर्ने

किरात राई यायोक्खाले प्रदेश १ को नाम किरात प्रदेश राख्न दबाब दिने उदेश्यले आज बृहत मोटरसाइकल र्‍यालीको आयोजना गरेको छ ।

मोटरसाइकल र्‍याली इटहरीदेखि विराटनगरसम्मको २४ किलोमिटर दुरीमा हुनेछ ।

नेपाली कांग्रेस र एमाले किरात प्रदेश राख्न नमानिरहेका बेला ती दलहरुलाई शक्ति देखाउने उदेश्यले आयोजना गरिएको र्‍यालीमा अधिकतम पहिचान पक्षधरहरुलाई समेट्न यायोक्खाले प्रयास गरिरहेको छ ।

यायोक्खाका महासचिव जनक राईकाअनुसार बिहान ११ बजे इटहरीदेखि विराटनगरतर्फ र्‍याली सुरु गरिने छ ।

र्‍यालीले विराटनगरस्थित मुख्यमन्त्रीकाे कार्यालयमा पुगेर घेराउ गर्ने, मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र बुझाउने र बाहिर कोणसभा गर्नेछ ।

यायोक्खाले धरान र आसपासकाहरुलाई १० बजेभित्र यलम्बर स्मृति भवनमा भेला हुन अपिल गरेको छ । इटहरी र आसपासकाहरु भने ११ बजे इटहरीचोकमा केन्द्रित हुन अनुरोध गरेकाे छ ।

यायोक्खाले यसअघि पनि पटकपटक किरात प्रदेशका लागि प्रदर्शन, मोटरसाइकल र्‍याली, मुख्यमन्त्रीकाे कार्यालयमा धर्ना घेराउ, मुख्यमन्त्री, सभामुख, प्रदेशका संसदीय दलका नेता तथा प्रमुख दलका नेताहरुलाई ज्ञापनपत्र दिने कार्यक्रम गरिसकेको छ ।

यायोक्खाले यसअघि किरात प्रदेशका लागि २५ लाख मानिसको हस्ताक्षर संकलन गरी तत्कालीन मुख्मन्त्री शेरधन राईलाई पनि बुझाएको थियो ।

हाल नेकपा एमाले कोशी प्रदेश र कांग्रेस सप्तकोशी प्रदेश बनाउने पक्षमा छन् । अन्य दलहरु भने पहिचान जोडेर नामकरण गर्न तयार देखिएका छन् ।

प्रदेशकाे नाममा पहिचान जनित शब्द जोड्न पनि तयार नहुने कांग्रेस-एमालेका नेताहरुलाई दबाब दिनका लागि यायोक्खाले मोटरसाइकल र्‍याली गर्न लागेको हो ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

1 COMMENT

  1. प्राचिन काल देखिनै भनिदै र लेखिदै आएको “किरॅात देश “ को अस्तित्व स्विकार गर्न डाह गर्ने सत्ताका दुरूपयोगीहरू “ लातोंका भूत , बातों से नहि मानता “भने झैं छन

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img