इसाइहरु बढ्दा किरात धर्म र संस्कृति संकटमा पर्दैछः कमल थापा

‘प्रकृतिपुजक किरात’ समुदायलाई पनि हिन्दू धर्मभित्रै राखेर व्याख्या गर्दै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले अन्ततः किरात हिन्दूभन्दा अलग भएको स्वीकार गरेका छन् ।

उनले नेपालमा इसाइ धर्मावलम्बीहरु बढेको र किरात धर्म र संस्कृतिको अस्तित्व संकटमा पर्दै गएको भन्दै चिन्तासमेत व्यक्त गरेका छन् ।

थापाले आज फेसबुकमा धर्मान्तरणको परिणामले किरात धर्म र संस्कृति संकटमा पर्दै गएको उल्लेख गरेका हुन् ।

किरातीहरु नै बढी इसाइ बन्दै गएको संकेत गर्दै उनले ५० वर्षअघि नगन्य रहेका इसाइहरु आज तेस्रो ठूलो सम्प्रदाय किरातभन्दा बढी भइसकेको बताए ।

‘यसपछि क्रमशः बुद्धिष्ट र हिन्दुहरुको अल्पमतमा पर्ने पालो आउँछ । हाम्रो चेत कहिले खुल्ने हो ?,’ उनले लेखेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. त्यसमा फादर शर्मा, साईमन पाण्डे,…, घिमिरे,…गैह्रे…,ढकाल,…हरुको कति योगदान छ र, जैमासी भन्दै, प्रभुलाई रोटी भन्दै उल्टै हप्तैपिच्छे चर्च जाँदै २०, ३०, ४०, ५०, ६०, ७०, ८०, ९०, १००, १२०, १५०, २००,…सम्म भेटी चढाउने सोझा, सीधा आदिवासी जनजातिहरुको कति योगदान छ, अध्यक्ष थापा ज्यु ????

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्